कीर्तिमानी सुष्मासहित ४ बक्सर सम्मानित

Read Time:1 Minute

एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित ४ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडीको समूहले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्मा बाहेक अन्य ३ खेलाडीले कांस्य पदक जितेका थिए । हेमा राई, तृषा जवेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्मालाई ३५ हजार तथा बाँकीलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरियो।

उक्त प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा सुष्माका सुरुआती प्रशिक्षक नवीन तण्डुकारलाई पनि जनही १० हजार नगदसहित सम्मान गरियो।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, सम्मान गर्ने संस्थाको तर्फबाट मानबहादुर श्रेष्ठले एक कार्यक्रमबीच सम्मान गरे।

Happy
Happy
25 %
Sad
Sad
0 %
Excited
Excited
75 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वर्ल्ड टेनिस टुरमा चीनका वेन्बो र झाङलाई स्वर्ण
Next post भिनिसियस र भाल्भर्डे चम्किँदा रियलले जित्यो क्लब विश्वकप
Close