
नेपाललाई ऐतिहासिक पदक दिलाउने बक्सिङ टिम स्वदेश फर्कियो, सदस्य सचिवले गरे स्वागत
Read Time:1 Minute
थाइल्यान्डमा भएको एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाउने नेपाली टिम स्वदेश फर्किएको छ।
प्रतियोगितामा नेपाललाई ऐतिहासिक रजत पदकसहित ४ पदक दिलाउने नेपाली टिमलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको टोलीले भव्य स्वागत गरेको छ।
नेपाललाई सुष्मा तामाङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन् भने हेमा राई, त्रिसा जवेगु र विजय बाटा जितेका थिए । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएपछि सुष्मा ऐतिहासिक स्वर्ण जित्नबाट बञ्चित भएकी थिइन्।
२० देशका खेलाडी सहभागी प्रतियोगितामा चार पदक जित्दै नेपाल सातौं भएको थियो ।