कोपा अमेरिकाः फाइनल प्रवेशका लागि ब्राजिल र पेरु भिड्दै

कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा ब्राजिल र पेरुबीच भिडन्त हुँदैछ। खेल मंगलबार बिहान ४ः४५ बजे हुनेछ।

ब्राजिल र पेरु पछिल्लो कोपा अमेरिकाका फाइनलिस्ट हुन्। २०१९ मा भएको ब्राजिल र पेरुबीचको फाइनलमा ब्राजिलले पेरुलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो।

जारी कोपा अमेरिकाको समूह चरणमा पनि ब्राजिल र पेरु आमनेसामने भएका थिए। समूह चरणको खेलमा ब्राजिलले पेरुलाई ४–० ले स्तब्ध बनाएको थियो।

ब्राजिलले क्वार्टरफाइनलमा कोपा अमेरिकाको अर्को दाबेदार चिलिलाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको थियो। ४८औं मिनेटपछि १० खेलाडीमा सिमित भएपनि ब्राजिलले चिलिलाई १–० ले पराजित गरेको थियो।

यस्तै, पेरुले भने पाराग्वेलाई पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको हो। निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो। टाइब्रेकरमा पेरु ४–३ ले विजयी भयो।

Facebook Comments Box