जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुबटलअन्तर्गत आइतबार भएका खेलमा स्वर्णको दाबेदार ब्राजिल बराबरीमा रोकियो भने फ्रान्सले रोमाञ्चक जित निकालेको छ। आइतबार भएको खेलमा ब्राजिल आइभोरी कोस्टसँग गोलरहित बराबरीमा रोकिँदा फ्रान्सले दक्षिण अफ्रिकामाथि ४–३को रोमाञ्चक जित निकाल्यो।
समूह डीमा रहेको ब्राजिलले पहिलो खेलमा बलियो जर्मनीलाई ४–२ले हराएको थियो भने समूह एमा रहेको फ्रान्सको भने मेक्सिकोसँग ४–१ले पराजित भएको थियो।
अधिकांश समय आइभोरी कोस्टलाई दाबबमा राखेपनि ब्राजिल गोल गर्न असफल भयो। ५६ प्रतिशत बल पोजेसन बनाएको ब्राजिलले ८ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, आइभोरी कोस्टले ६ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।
यसैगरी समूह एमा पहिलो जित निकाल्ले क्रममा फ्रान्सले ४–१को जित निकाल्यो। रोमाञ्चक खेलमा फ्रान्सलाई जित दिलाउन गिग्नाक आन्द्रे पिएरले ह्याट्रिक गरे भने सावनिएर तजीले एक गोल गरे । यता, न्युजिल्यानडका मोकोइन टेबोहो, मागोपा इविडेन्स र कोडिसाङ कोबामेलोले गोल गरेका थिए।