°
, June 1, 2023 in

प्रशिक्षक टिटेले भने– कोरियाविरुद्ध नेमार उपलब्ध हुन्छन्

SHARE:

ब्राजिलले कतार विश्वकपको अन्तिम १६मा आज एसियन टिम दक्षिण कोरियासँग खेल्दै छ। यो खेलका लागि आफ्ना सुपर स्टार नेमार उपलब्ध हुने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले बताएका छन्।

समूह चरणको पहिलो खेलमा सर्बियाविरुद्ध कुर्कुचामा चोट लागेपछि नेमारले त्यसपछिका दुई खेल गुमाएका थिए। चोटमुक्त हुँदै नेमारले प्रशिक्षण पनि थालेका छन्।

दक्षिण कोरियाविरुद्धको खेलअघिको पत्रकारकार सम्मेलनमा टिटेले दक्षिण कोरियाविरुद्धको खेलमा नेमार फिट भएको बताए। ‘उनले प्रशिक्षण थालिसकेका छन्, उनी ठीक छन् र खेलका लागि तयार छन्,’ टिटेले भने।

यस्तै, उनले बाहिर आएका हल्ला गलत भएको पनि बताएका छन्। उनले भने, ‘नेरमाले अभ्यास सुरु गरिसकेकाले सबै कुरा ठीक भए कोरियाविरुद्ध मैदान उत्रन्छ ।’

चोटकै कारण समूह चरणका खेल गुमाएका डिफेन्डङ द्वय एलेक्स सान्ड्रो र डानिलो पनि दक्षिण कोरियाविरुद्धको खेलका लागि उपलब्ध हुने बताइएको छ। यता, स्ट्राइकर ग्याब्रिअल जेसुस र डिफेन्डर एलेक्स टेलेसले भने चोकै कारण विश्वकप गुमाइसकेका छन्।

SHARE: