विश्व फुटबल माहासंघ (फिफा) अक्टोबरको नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियता अनुसार बेल्जियम शीर्ष स्थानमा यथवात नै छ । तर, लामो समयदेखि शीर्ष स्थानमा रहेको बेल्जियमलाई ब्राजिलले चुनौती दिइरहेको छ।
शीर्ष स्थानको बेल्जियमभन्दा दोस्रो स्थानमा रहेको ब्राजिल २२ अंकले मात्र पछि छ । बेल्जियमको १८३२.३३ अंक छ भने ब्राजिललेका १८२० अंक छ। यो इन्टरनेशनल ब्रेकमा युईएफए नेसन्स लिगको सेमिफाइलनमा फ्रान्ससँग पराजित भएको बेल्जियमले कुनैपनि अंक जोड्न सकेन ।
यता, ब्राजिलले भने ९ अंक जोड्दै बेल्जियमसँगको दुरी घगाएको छ। अक्टोबरमा ३ खेले खेलेको थियो, त्यसमध्ये २ जित र एक बराबरी खेलेको थियो ।
फिफा वरियताको शीर्ष १० मा कुनै नयाँ टिम आएका छैनन् । शीर्ष १०मा नेसन्स लिग च्याम्पियन फ्रान्स, उपविजेता स्पेन र तेस्रो बनेको इटालीले वरियतामा १ स्थान सुधार गर्दा इंग्ल्यान्डले २ स्थान र पोर्चुगलले १ स्थान गुमाएको छ।
फ्रान्स तेस्रो, इटाली चौथो र स्पेन सातौं स्थानमा छ । यस्तै, इंग्ल्यान्ड पाँचौं स्थानमा आइपुग्दा पोर्चुगल आठौं स्थानमा छ। अर्जेन्टिना छैठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा यथावत छन्।
फिफाको नयाँ वरियतामा इन्डोनेसिया र न्युजिल्यान्डले सर्वाधिक १० स्थान सुधार गरेका छन् । न्युजिल्यानड १११औं स्थानमा रहँदा इन्डोनेसिया १६५औं स्थानमा छ। यस्तै, अफ्रिकन रिपब्लिक ९ स्थान सुधार गर्दै ११५औं स्थानमा आइपुग्दा कम्बोडिया ८ स्थान सुधार गर्दै १७०औं स्थानमा आइपुगेको छ।
यसैगरी नर्दन आयरल्यान्ड सबैभन्दा धेरै स्थान गुमाउने टिम बनेको छ। ऊ ११ स्थान तल झर्दै ५८औं स्थानमा आइपुगेको छ।