सन् २०२२ मा हुने कतार विश्वकपको दक्षिण अमेरिका छनोट प्रतियोगिताका लागि ब्राजिलले टिम घोषणा गरेको छ। विश्वकप छनोटका लागि ब्राजिलल भेट्रान डिफेन्डर ड्यानी अल्भेस र नयाँ खेलाडीहरु क्लाउडिन्हो, राफिन्हा, म्याथुस कुन्हा र लुकास वेरिसिमोलाई समेट्दै शनिबार २५ सदसस्यी टिम घोषणा गरेको हो।
ब्राजिलले शनिबार घोषणा गरेको टिममा स्पेनिस क्लब रियल मड्रिडका दुई युवा स्टार भिनिसियस जुनियर र रोड्रिगो गोसले भने स्थान बनाउन सकेनन् । यस्तै, कोपा अमेरिकाको टिममा रहेका बार्सिलोनाका इमर्सन, एट्लेटिको मड्रिडका रेनान लोडी, एस्टन भिल्लाका डग्लस लुइस, एभर्टन सोइरसले पनि टिममा स्थान बनाउन सकेनन् ।
२५ सदस्यीय टिमको गोलकपिरमा एलिसन बेकर, इडर्सन मोइस र वेभर्टन सिल्भा छन् । यस्तै, टिमको डिफेन्डरमा थिएगो सिल्भा, ड्यानी अल्भेस, मार्किन्होस, इडर मिलिटाओ, डानिलो, एलेक्स सान्ड्रो, लुकास वेरिसिमो र गुइलेर्मो अराना छ ।
यसैगरी टिमको मिडफिल्डमा कासेमिरो, फाबिन्हो, फ्रेड, ब्रुनो गुइमेरेस, एभर्टन रिबेइरो, लुकास पक्वेटा र क्लाडिन्होस छन्।
टिमको स्ट्राइकरको नेतृत्व स्टार नेमारले गर्ने छन्। स्ट्राइकिङका जिम्मा उनीसँगै ग्याब्रियल जेसुस, ग्याब्रियल बारबोसा, रोबर्टो फिर्मिन्हो, म्याथुस कुन्हा र राफिन्हा छन्। कुन्हा र राफिन्हा पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।
विश्वकप छनोटमा ब्राजिलले आगमी सेप्टेम्बरमा २ खेल खेल्ने छ। यसले सेप्टम्बर ५मा चिली, सेप्टेम्बर ७मा अर्जेन्टिना र सेप्टेम्बरमा ९मा पेरुसँग खेल्ने छ।