कतारमा विश्वकपमा ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ। सोमबार राति स्टेडियम ९७४मा अन्तिम १६को दक्षिण कोरियाविरुद्धको खेलमा ब्राजिलले कीर्तिमान बनाएको छ।
सोमबार राति प्राप्त ४–१ सहज जित प्राप्त खेलमा तेस्रो रोजाईका गोलाकिपर वेभर्टनलाई मैदान प्रवेश गराएसँगै ब्राजिल कतार विश्वकपमा सबै २६ खेलाडीलाई खेलाउने पहिलो एकमात्र टिम बनेको छ।
वेभर्टनरले ८०औं मिनेटमा पहिलो रोजाईका गोलपिकर एलिसनलाई रिप्लेस गरेका थिए। दोस्रो रोजाइका गोलकिपर एडरसनले यसअघि क्यामरुन विरुद्ध खेलिसकेका थिए । त्यसैले पाल्मेरियसका गोलकिपर वेभर्टनले कोरिया विरुद्ध अवसर पाए ।
ब्राजिलका अन्य २५ खेलाडीले भने समूह चरणकै खेलमा खेल्न मौका पाइसकेका थिए।
समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एक पटक मैदान उत्रिसकेका छन् ।
कोभिड १९ महामारीपछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी टिममा राख्ने चलन सुरु भएको थियो भने विश्वपकमा पहिलो पटक एक टिममा २६ खेलाडी राखिएको हो । यसअघिका विश्वकपमा भने एक टिममा २३ खेलाडी मात्र हुन्थे ।
यसअघि सन् २०१४ मा नेदरल्याण्ड्सले टिमका सबै २३ खेलाडीलाई प्रयोग गरेको थियो।