°
, May 29, 2023 in

पाँच वर्षपछि ब्राजिल र अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्ने

SHARE:

५ वर्षपछि विश्व फुटबलका महारथी देश ब्राजिल र अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। मैत्रीपूर्ण खेल जुन ११ मा अस्ट्रेलियाको मेलबर्नमा हुने छ।

यसअघि दुवै टोली पछिल्लो पटक विश्वकप छनोटअन्तर्गत भिडेका थिए। सेप्टेम्बरमा साओ पाउलोमा भएको खेल पूरा समय भने चलेन। खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर ४ अर्जेन्टिनी खेलाडीलाई कोभिड १९ क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए।

यद्यपि, ब्राजिलियन खेलअधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो। हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन। यद्यपि, सो खेल पुनः नभए पनि दुवै टिम कतारमा हुने विश्वकप २०२२ मा छनोट भइसकेका छन्।

बुधबार अस्ट्रेलियाको प्रान्तीय सरकारले खेल मेलर्बनको मैदानमा हुने घोषणा गरेको हो। मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान गरिएको छ।

SHARE: