समूहमा लगातार जित निकाल्दै यसअघि नै नआउट चरणमा पुगिसकेको ब्राजिलले समूहको अन्तिम खेलमा आज क्यामरुनको सामाना गर्दैछ। यो खेल आज राति १२ः४५ बजे हुनेछ।
क्यामरुनविरुद्ध मैदान उत्रँदा ब्राजिलले स्टार्टिङ लाइनअपमा परिवर्तन गर्नेछन्। क्यामरुनविरुद्ध लाइनअप परिवर्तन गर्ने संकेत मुख्य प्रशिक्षक टिटेले गरेका छन्।
नेमार, डानिलो र एलेक्स सान्ड्रो घाइते भएकाले टिटे आफ्ना केही मुख्य खेलाडीलाई नकआउटका लागि जोगाउन चाहन्छ। क्यामरुनविरुद्ध टिटेले गोलकिपरमा एलिन्सनको स्थानमा इडर्सनलाई खेलाउने छन् भने डिफेन्सको जिम्मा इडर मिलिटाओ, गिल्सन ब्रेमर, एलेक्स टेलेस र ड्यानी अल्भेस हुनेछन्।
यस्तै, मिडफिल्डमा फाबिन्हो, ब्रुनो गुइमेरेज र रोड्रिगोले मौका पाउन सक्छन्। स्ट्राइकिङमा टिटेले ग्याब्रिअल जेसुस, ग्याब्रिअल मार्टिनेली र एन्थोनीलाई सुरुआतमै मौका दिन सक्छन्।
यता, क्यामरुन पनि ब्रालिललाई हराउँदै नकआउट सम्भावना कायमै राख्ने दाउनमा हुनेछ । ब्राजिललाई हराउन सकेन ४ अंक हुने उसको अर्को खेलमा आफूअनुकुल नतिजा आए नआउट पुग्न सक्ने छ।