कोरियाविरुद्ध ब्राजिलले गर्‍यो गोलको वर्षा, पहिलो हाफमा ४–०को अग्रता

Read Time:1 Minute

कतार विश्वकपको अन्तिम १६मा ब्राजिलले सानदरा प्रदर्शन गरेको छ। स्टेडियम ९७४मा जारी खेलमा सुरुआतबाटै गोलको वर्षा गरेको ब्राजिलले पहिलो हाफाम ४–०को अग्रता लिएको छ।

ब्राजिललेका लागि नेमार, भिनिसियस जुनियर, रिचार्लिसन र लुकास पक्वेटाले गोल गरे।

सातौं मिनेटमा भिनिसियस जुनियरको गोलमा ब्रजिलले अग्रता लियो । रियल मड्रिडका स्टार भिनिसियसको यो ब्राजिलका लागि दोस्रो र विश्वकपको पहिलो गोल हो।

१३औं मिनेटमा नेमारले ब्राजिलको अग्रता दोब्बर बनाए । रिचार्लिसनलाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा नेमारले गोल गरेका थिए। यो नेमारको ब्राजिलका लागि ७६औं गोल हो। उनी महान फुटबल पेलेको ब्राजिलका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भेट्टाउन १ गोलले मात्र पछि छन्।

२९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–०को अवस्थामा ल्याए। उनले थिएगो सिल्भाको पासमा गोल गरेका थिए । यस्तै, ३६औं मिनेटमा लुकास पक्वेटाले भिनिसियसको पासमा ब्राजिलका लागि चौथो गोल गरे।

ब्राजिलले विश्वपमा पहिलो हाफमा ४ गोल गरेको यो १९५४पछि पहिलो पटक हो । त्यतिबेला ब्राजिलले मेक्सिकोविरुद्ध पहिलो हाफमा ४ गोल गरेको थियो।

Happy
Happy
88 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
13 %
Previous post ब्राजिल र दक्षिण कोरियाबीचको खेल पेलेले अस्पतालमै हेर्ने
Next post दक्षिण कोरियामाथि ब्राजिलको सानदार जित, क्वार्टरफाइनलमा क्रोएसियासँग खेल्ने
Close