कोरियाले थेग्न सक्ला ब्राजिलको आक्रमण ?

Read Time:4 Minute

समूह रचणमा सनसनीपूर्ण प्रदर्शन गर्दै नकआउटमा स्थान बनाएको एसियन पावर हाउस दक्षिण कोरियाले आज बलियो ब्राजिलको सामाना गर्दै छ। एसियन पावर हाउस दक्षिण कोरिया र विश्वकपको सधैंको फेवरेट ब्राजिलबीचको खेल स्टेडियम ९७४ मा राति १२ः४५ बजे हुनेछ।

ब्राजिल समूह जीको विजेता र दक्षिण कोरिया समूह एचको उपविजेताका रुपमा अन्तिम १६ पुगेका हुन्। दुवै टिम निश्चित जितका लागि मैदान उत्रने छन्।

विश्वकपमा सेमिफाइनल पुग्नु नै दक्षिण कोरियाको सफलता हो, र उ फेरि एसियामा त्यो सफलता दोहो¥याउन चाहन्छ । यता, ५ पटकको च्याम्पियन ब्राजिल २ दशकपछि फेरि उपाधि जित्ने अभियानमा छ, त्यो पनि एसियन भूमिमै ।

प्रशिक्षक टिटेको टिममा विश्वकै उत्कृष्ट आक्रमणको समूह छ। ९ जना स्ट्राइकर लिएर कतार पुगेको ब्राजिलमा रियल मड्रिडका स्टारद्वय भिनिसियस जुनियर र रोड्रिगो, पिएसजीका स्टार नेमार, टोटनहमका रिचार्लिसन, बार्सिलोनाका राफिन्हा, म्यान्चेस्टर युनाइटेडका एन्टोनी, फ्लेमेङ्गोका पेड्रो छन्। तर, पहिलो खेलमै घाइते भएका नेमार कोरियाविरुद्धको खेलमा उपलब्ध हुने बताइए पनि उनी खेल्ने नखेल्ने द्विविधा नै छ।

तर, १९७८ को विश्वकपयता ब्राजिल अहिले कम्तीमा गोलको आधारमा कमजोर खेलिरहेको छ । उसले ब्राजिलले समूह चरणका तीन खेलमा तीनै गोल मात्र गरेको छ। ब्राजिलसँग आक्रमणका पर्याप्त उपाय रहेका छन् । ग्याब्रिएल जेसस घुँडाको चोटबाट घाइते भई विश्वकपबाट बाहिरिसकेको स्थितिमा पनि ब्राजिलसँग अन्य विकल्प पनि छन् ।

ब्राजिललाई हराउँदै क्वार्टरफाइनल पुग्ने हो भने कोरियाले ब्राजिलको खतरानाक अक्रामणले निस्तेज पार्नुपर्ने हुन्छ। यसका लागि क्वान युङ वन, किम योङ ग्वान, किम सेयुङ ग्युले निकै चनाखो हुनुपर्ने छ। यस्तै, कोरियाका लागि कप्तान सन ह्युङ मिन र च्यो ग्यु सुङको भूमिका पनि महत्वपूर्ण हुने छ।

स्टेडियम ९७४ मा हुने खेलमा जित निकाल्ने हो भने दक्षिण कोरियाले जापान अथवा क्रोएसियाको सामना गर्नेछ । त्यसपछिको बाटोमा भने सम्भवतः अर्जेन्टिना हुनेछ ।

अन्तिम १६ मा दक्षिण कोरियाको सामना गर्नु कम्तीमा कागजमा ब्राजिलका लागि सजिलो समीकरण नै हो । किनभने ब्राजिल शीर्ष वरियताको टिम हो भने दक्षिण कोरिया नकआउट चरण पुग्ने सबैभन्दा तल्लो वरीयताको टिम हो ।

ब्राजिल र दक्षिण कोरियाबीच जुनमा सोलमा मैत्रीपूर्ण खेल भएको थियो, जसमा पाहुना टिम ५–१ ले विजयी रह्यो । यसमा नेयमर एक्लैले पेनाल्टीबाट दुई गोल गरे । दक्षिण कोरियासामु भने समूह चरणमा गरेको भूलमा सुधार गरेर नकआउट चरणमा सुधारिएको खेल प्रदर्शन गर्ने राम्रो अवसर बनेको छ ।

Happy
Happy
30 %
Sad
Sad
10 %
Excited
Excited
60 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लागातार दोस्रो पटक जित्यो सुदूरपश्चिमले यू–१९ क्रिकेट उपाधि
Next post सूर्य नेपाल गल्फ टुरको १५औं संस्करण मंगलबारबाट, ४ गल्फ कोर्षमा ८ प्रतियोगिता
Close