ब्राजिलले लागतार दोस्रो पटक ओलम्पिक पुुरुष फुटबलको उपाधि जितेको छ। शनिबार टोक्योमा सम्पन्न फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ले हराउँदै ब्राजिलले लागातार दोस्रो पटक ओलम्पिक पुरुष फुटबलको उपाधि जितेको हो।
टोक्योको योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा ब्राजिललाई जित दिलाउन म्याथुुस कुन्हा र माल्कोमले गोल गरे भने स्पनेका मिकेल ओयासबेलले गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ४५औं मिनेटमा उनले कप्तान ड्यानी अल्भेसको पासमा गोल गरेका थिए। त्यसअघि ब्राजिलले अग्रता लिने सुुनौलो अवसर गुमायो ।

३७औं मिनेटमा प्राप्त पेनाल्टीमा उसका रिचार्लिसनले पेनाल्टीमा गोल गर्न सकेनन् । कुन्हालाई स्पेनक किपर उनाई सिमोन फाउल गरेपछि प्राप्त पेनाल्टीमा रिचार्लिसनका प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो।
६०औं मिनेटमा ओयासाबेलले गोल गर्दै स्पेनलाई खेलमा फार्काए । त्यसपछि कुनै गोल नहुँदा खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयको १७औं मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई लागतार दोस्रो स्वार्ण दिलाए। १९ वर्षअघि ब्राजिलले यही रंगशालामा विश्वकप उपाधि जितेको थियो।