°
, June 7, 2023 in

चिलीमाथि ब्राजिलको सानदार जित, भिनिसियसले गरे डेब्यू गोल

SHARE:

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ। शुक्रबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा ब्राजिलले चिलीलाई ४–० ले हराएको हो।

ब्राजिलको जितमा नेयमार, भिनिसियस जुनियर, रिचार्लिसन र फिलिपे कौटिन्होले गोल गरे। पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो।

४४औं मिनेटमा नेयमारको पेनाल्टी गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि इन्ज्युरी समयमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे। रियल मड्रिड स्टार भिनिसियसको यो राष्ट्रिय टिममा पहिलो गोल हो।

खेलको ७२औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए। काउटिन्हो ६३औं मिनेटमा लुकास पाक्वेटाको स्थानमा मैदान छिरेका थिए। ९०औं मिनेटमा अर्का परिवर्तित खेलाडी रिचार्लीसनले गोल गर्दै ब्राजिलको सानदार जित पक्का गरे। रिचार्लीसन ७५औं मिनेटमा एन्थोनीको स्थानमा मैदान छिरेका थिए।

जितसँगै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलको १६ खेलबाट ४२ अंक पुगेको छ। शीर्षस्थानमा रहेको अपराजित ब्राजिलले १३ जित र ३ बराबरीको नतिजा निकालेको छ। ब्राजिलसँगको हारपछि चिलीको विश्वकपमा छनोट हुने सम्भावना न्युन बनेको छ।

SHARE: