ब्राजिलियन स्टारइकर भिनिसियस र रोड्रिगोको गोलमा रियल विजयी

दुई ब्राजिलिय युवा स्ट्राइकर भिनिसियस जुनियर र रोड्रिगो गोस चम्किएपछि स्पेनिस जाइन्ट रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा भिनिसियस र रोड्रिगोले गोल गरेपछि रियलले क्लब बुर्गलाई उसकै मैदानमा ३–१ ले पारजित गरेको छ । रियल क्बल बुर्गविरुद्धको खेलअघि नकआउट चरणमा भने पुगिसेको थियो ।

स्टार स्ट्राइकर रोनाल्डो क्लब छोडेसँगै भिनिसियसलाई उनको स्थान लिनसक्ने खेलाडीको रुपमा हेरिएको थियो । १९ वर्षीय भिनिसियस अघिल्लो सिजन सान्टियागो सोलारीको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, जिनेदिन जिदान रियलमा पुनः फर्किएसँगै भिनिसियसले कमै मात्र मौका पाउँदै आएका थिए ।

यता, अर्का युवा स्ट्राइकर रोड्रिगोलाई भने जिदानले प्रशस्तै मौका दिइरहेको छ । उनलाई युवा अवस्थामै आफूलाई प्रमाणित पनि गरिरहेका छन् । च्याम्पियन्स लिगमै गालातासारेविरुद्ध ह्याट्रिक गर्दै रोड्रिगो च्याम्यिन्स लिगमा ह्याट्रिक गर्ने दोस्रो कान्छो खलाडी बनेका थिए ।

पहिलो हाफमा रियल गोल रहित बराबरीमा रोकिएको थियो छ । तर, ५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । त्यसको २ मिनेटपछि नै क्लब बुर्गले खेललाई बराबरीमा ल्यायो । ५५औं उसका हान्स भानकेनले गोल गरेका थिए ।

६४औं मिनेटमा रियलले पुनः अग्रता लियो । सिक्स यार्ड बक्समा रोड्रिगोले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै भिनिसियसले रियललाई अग्रता दिलाएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा कासिमिरोको पासमा लुका मोड्रिचले गोल गरेपछि रियलले खेल ३–१ले जित्यो ।

समूह एमा रियलले ३ जित २ बराबरी र १ हारको सामाना गर्दै ११ अंकका साथ दोस्रो स्थानमा रह्यो । अपराजित रहेको पिएसजी १६ अंकका शीर्ष स्थानमा रह्यो । क्लब बुर्गले भने ३ बराबरी खेल्दै ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP