डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। आइतबार राति भएको खेलमा लेस्टर सिटी दोस्रो डिभिजन क्लब नटिंघम फरेस्टसँग ४–१को लज्जास्पद हार बेहोर्न बाध्य भयो।
हारपछि लेस्टरका मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सले समर्थकसँग माफी मागेका छन् । र, उनले छिमेकी नटिंघमविरुद्ध टिमले निकै खराब फुटबल खेलेको पनि बताए ।
लल्जास्पद हारपछि रोसर्जले खेलाडीको पनि आलोचना गरे । खेलाडीको भोक नभएको बताउँदै खेलाडीलाई आफ्नो अनुहार एकपटक ऐनामा हेर्न अनुरोध पनि गरे ।
‘बास्तवै हामीले निकै खराब फुटबल खेल्यौं, यसलाई हामीले तत्लकार सुधार्नुपर्छ,’ खेलाडीलाई लक्षित गर्दै उनले भने, ‘हामीले खेल्ने फुटबल के यही स्तरको हो ? अब खेलाडीले आफ्नो अनुहार एक पटक ऐनामा हेर्नुपर्छ।’