इपिएलको नवप्रवेशी क्लब ब्रेन्टफोर्डले लिगमा सानदार सुरुवात गरेको छ । ७४ वर्षपछि पहिलो पटक प्रिमियर लिग खेलिरहेको ब्रेन्टफोर्डले आर्सनललाई २–०ले हराउँदै लिगमा सानदार सुरुआत गरेको हो।
ब्रेन्टफोर्डको जितमा विजयी टिमका लागि सर्जी कानोस र क्रिस्टियन नोरगार्डले गोल गरे । उसले दुवै हाफमा समान १ गाल गरेको थियो।
२२औं मिनेटमा डिबक्सभित्रबाट कानोसले उत्कृष्ट गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । ७३औं मिनेटमा नोरगार्डले गोल गर्दै टिमलाई २–०को जित दिलाए।
खेलमा पहिलो हाफमा ब्रेन्टफोर्डले दबाब बनाएको थिाये, तर दोस्रो हाफमा भने आर्सनलले ब्रेन्टफोर्डलाई पूर्ण दबाबमा राख्यो । तर, गोल भने गर्न सकेन । उसले ६६ प्रतिशत बल पोजेसन बनाउँदै २२ सट प्रहार गरेको थियो, त्यसमध्ये ४ सटमात्र फ्रेममा थियो । यता ब्रेन्टफोर्डले ८ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।
ब्रेन्टफोर्डको कम्युनिटी स्टेडियममा १७ हजार दर्शकको उपस्थिति थियो र यो सन् २०२० को मार्चयता प्रिमियर लिगमा पूरा रंगशाला दर्शकले भरिएको पहिलो पल्ट हो । र्सनलको छिमेकी क्लब ब्रेन्टफोर्ड पहिलो पल्ट प्रिमियर लिगमा खेलेको हो ।