°
, June 7, 2023 in

ब्रेन्टफोर्टसँग हार्‍यो लिभरपुल

SHARE:

इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजित भएको छ। सोमबार राति भएको खेलरमा लिभरपुल ब्रेन्टफोर्डसँग ३–१ले पराजित भएको हो ।

लिभरपुलविरुद्ध ब्रेन्टफोर्डलाई जित दिलाउन योयान विसा र ब्रायन एमबामोले गोल गरे भने एक गो आत्मघाती भएको थियो । लिभरपुलका अलेक्सजेन्डर चेम्बरलिनले गोल गरेका थिए।

घरेलु मैदानमा ब्रेन्टफोर्डले १९ औं मिनेटमा अग्रता लियो । लिभरपुलका लिडफेन्डर इब्राहिम कोनाटेले आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्डले अग्रता लिएको थिाये। ४२ औं मिनेटमा योयान विसाले ब्रेन्टफोडको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा १ गोलले पछि परेको लिभरपुलले ५०औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गर्‍यो। उसका चेम्बरलिनले गोल गरेका थिए। तर, एमबामोले ८४ औं मिनेटमा गोल गरेपछि खेलमा फर्कने लिभरपुलको प्रयास सफल हुन सकेन । त्यसपछि गोल नुहँदा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ ले स्तब्ध भयो।

यो हारसँगै लिभरपुले चौथो स्थानमा उक्लिने अवसर गुमायो। १७ खेलबाट २८ अंक जोडेको लिभरपुल छैटौं स्थानमा छ। ब्रेन्टफोर्ड २६ अंकसहित सातौं स्थानमा छ।

SHARE: