लिरभपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा ब्राइटनसँग २–१ ले पराजित हुँदै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ।
फल्मर स्टेडियममा ब्राइटनलाई जित दिलाउन लेविस डंक र काउरु मिटोमाले गोल गरे भने लिभरपुलका हार्भी इलियटले गोल गरे।
खेलमा अग्रता भने लिभरपुले लियो । ३०औं मिनेटमा इलियटको गोलमा लिभरपुलले सुरुआती अग्रता लियो । ३९औं मिनेटमा ब्राइटनले बराबरी गोल फर्कायो। उसका डंकले गोल गरेका थिए।
बराबरीतर्फ उन्मू खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा मिटोमाले गोल गर्दै बलियो लिभरपुलमाथि ब्राइटनलाई २–१को जित दिलाए।
खेलमा दबाब पनि ब्राइटनले नै बनाएको थियो । ५६ प्रतिशत बल पोजेसन बनाएको उसले १३ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । यता, लिभरपुलले ८ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो।