°
, June 7, 2023 in
0

बुन्डेसलिगा हेर्न दर्शकलाई अनुमति, उद्घाटन खेल १५ हजार दर्शक उपस्थित हुने

SHARE:

बुन्डेस लिगाको नयाँ सिजन दर्शकसहितको रंगशालामा हुने भएको छ । कोरोना संक्रमण क्रमशः कम हुँदै गएपछि जर्मन सरकारले बुन्डेस लिगाको नयाँ सिजनमा दर्शकलाई रंगशाला प्रवेशमा अनुमति दिएको हो ।

सरकार र बुन्डेस लिगाले लामो छलफल पछि रंगशालाको क्षमताको आधारमा प्रतिशत दर्शकलाई रंगशालामा प्रवेश दिने निर्णय गरिएको हो । बुन्डेस लिगाका १८ क्लबले सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्ने सहमति गरेपछि जर्मन सरकारले २० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिएको हो ।

सरकारले रंगशालामा दर्शक आउन अनुमति दिएसँगै बुन्डेस लिगाको उद्घाटन खेलमा १५ दर्शक रंगशाला आउने भएका छन् । सेप्टेम्बर १९मा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र साल्केबीचको खेलसँगै बुन्डेस लिगाको नयाँ सिजन सुरु हुने छ ।

सोही दिन बुन्डेस लिगामा अन्य ६ खेल पनि हुने छन् । जसमा स्टुडगार्डले फ्रेइबर्ग, फ्र्यांकफर्टले अर्मिनियासँग खेल्ने छ भने युनियन बर्लिनले असबर्गको सामना गर्ने छ । यस्तै, सोही दिन वेर्डर र हेर्थ बर्लिन, क्लोन र होफनहिम तथा बोरुसिया डर्टमन्ड र मान्चेनग्लाबाच भिड्ने छन् ।

सेप्टेम्बर २०मा दुई खेल हुने छ । जसमा आरबी लेइपजिगले माइन्ज र वुल्भ्सवर्गले बायर लेभरकुसनको सामाना गर्ने छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *