जमर्न बुन्डेस लिगामा उपाधि होडमा रहेका दुई टिम बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड पराजित हुँदा अर्को टिम आरबी लेइपजिग पराजित भएको छ। शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३–०ले, डटर्मन्डले वेर्डेर ब्रेमेनलाई २–०ले हराउँदै लेइपजिग युनियन बर्लिनसँग २–१ले पराजित भयो।
बोचुमविरुद्ध बायर्नलाई जित लिलाउन थोमस मुलर, किङ्सले कोमन र सर्ज गनाब्रीले गोल गरे। खेलको ४१ औं मिनेटमा मुलरको गोलमा बायर्नले अग्रता लियो । ६१औं मिनेटमा कोमनले बायर्नको अग्रता दोब्बर बनाए। ७३औं मिनेटमा गनाब्रीले गोल गरेपछि बायर्न ३–०ले विजयी भयो।
यस्तै, अर्को खेलमा डर्टमन्डको जितमा जेमी गिटेन्स र जुलियन ब्रान्टले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा ६७औं मिनेटमा गिटेन्सको गोलमा डर्टमन्डले सुरुआती अग्रता लियो । ८४औं मिनेटमा ब्रान्टले गोल गरेपछि डर्टमन्ड २–०ले विजयी भयो।
यता, आरबी लेइपजिग सुरुआती अग्रता जोगाउन नसक्दा युनियन बर्लिनसँग २–१ले पराजित भयो। २४औं मिनेटमा बेन्जामिन हेनरिचको गोलमा लेइपजिगले अग्रता लियो। तर, ६१औं मिनेटमा जनिक हाबर र ७२औं मिनेटमा रोबिन कुनोकेले गोल गरेपछि बर्लिनले पुनरागमन जित निकाल्यो।