राजस्थानद्वारा चेन्नई पराजित, चेन्नईको प्लेअफ सम्भावना कठीन

Read Time:1 Minute

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। अबुधाबिमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई सहजरुपमा ७ विकेटले हरायो ।

यो हारसँगै चेन्नईको प्लेअफ पुग्ने सम्भावना कठीन बनेको छ । १० खेलमा ३ जितमात्र निकालेको चेन्नई ६ अंकका साथ पुछारमा छ । यता, चौथो जित निकालेको राजस्थानले भने प्लेअफ सम्भावना जीवितै राखेको छ । ८ अंकका साथ उ पाचौं स्थानमा छ ।

चेन्नाईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १७.३औं ओभरमा ३ विकेट गुमाएर भेटायो । राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन योगदान गरे । कप्तान स्टिभ स्मिथ पनि २६ रनमा नटआउट रहे । बटलसले ४८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । चेन्नईका दीपक चहरले २ र जोस हेजलउडले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । कप्तान धोनीले रविन्द्र जडेजासँग मिलेर पाँचौ विकेटका लागि ५१ रन जोडेर टिमको इनिङ केही उकासेका थिए । जडेजाले ३० बलमा नटआउट ३५ रन बनाए भने धोनीले २८ र साम कुरानले २२ रन जोडे । राजस्थानका लागि श्रेयस गोपाल, राहुल तेवतिया, जोफ्रा आर्चर र कार्तिक त्यागीले एक–एक विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

21 thoughts on “राजस्थानद्वारा चेन्नई पराजित, चेन्नईको प्लेअफ सम्भावना कठीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आईपिएलमा सट्टेबाजी खेलाउने गिरोह पक्राउ
Next post घुँडाको चोटका कारण भान डाइक लामो सयम मैदान बाहिर रहने
Close