बुटवलमा राष्ट्रिय खुला लन टेनिस हुने

Read Time:3 Minute

राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता बुटवलमा हुने भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा देवीनगर लन टेनिस कम्प्लेक्समा प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता फागुन ६ देखि हुन लागेको हो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगितामा देशभरका राष्ट्रिय खेलाडीहरुबीच प्रतिस्पर्धा गराइने छ। संघका अध्यक्ष गोपाल ज्ञवालीले लन टेनिस खेलको विकास तथा खेलाडीलाई अवसर सिर्जना गर्न ६ देखि १० गतेसम्म प्रतियोगिताको आयोजना गरेको बताए ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सयभन्दा बढी खेलाडीहरुले भाग लिने छन् । खेल संयोजक संजयप्रकाश श्रेष्ठका अनुसार पुरुष एकल खुलामा ३५, ४५, ५५ र ६५ वर्षमाथिका खेल हुनेछन् । महिला एकल खुला, पुरुष युगल खुला, महिला युगल खुला एवं पुरुष भेट्रान्स ३५, ४५, ५५ र ६५ वर्षमाथि गरी १२ इभेन्टमा खेल संचालन हुनेछ ।

प्रतियोगिताको पुरुषरमहिला सिङगलतर्फ उपाधि विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार र तृतीय दुई खेलाडीले जनही २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रबाट पाउनेछन्। सिङगलतर्फ पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता र तृतीय हुने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ दिइने छ।

४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने छन् । ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ।

यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

डबल्सतर्फ पुरुष डबल्स र महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ पाउनेछन् । भेट्रान्स डबल्सतर्फ विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उर्जन श्रेष्ठ बने फ्रेन्ड्स क्लबको मुख्य प्रशिक्षक
Next post लिड्ससँग रोकियो युनाइटेड
Close