°
, June 4, 2023 in

कोमनको गोलमा पिएसजीमाथि बायर्नको जित

SHARE:

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिख विजयी भएको छ। मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित बायर्नले लियोनल मेसी, नेमार र एम्बाप्पे सम्मिलित पिएसजी माथि १–० को जित निकाल्यो।

घरेलु मैदानमा पिएसजी १–० गोल अन्तरले स्तब्ध भएको हो। बायर्नको जितमा पिएसजीकै पूर्वखेलाडी किङ्सले कोमानले निर्णायक गोल गरे।

२०२३ मा सबै प्रतियोगितामा पाँच खेल हारेको पीएसजीले पार्क डेस प्रिन्सेसमा मंगलबार राति पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा कोमानले गरेको गोल नै निर्णायक बन्यो। उनले ५३औं मिनेटमा गोल गरेका थिए।

८२औं मिनेटमा केलियन एमबाप्पेले गोल गरे पनि भिएआरबाट मान्यता नपाउँदा पिएसजीले हार ब्यहोर्नु पर्‍यो। अन्तिम समयमा बायर्न १० खेलाडीमा समेटिए पनि पिएसजीले त्यसको फाइदा उठाउन सकेन। 

पिएसजीले केलियन एम्बाप्पे, नेयमार र लियोनेल मेसीलाई मैदान उतारे पनि सफलता हात पार्न सकेन।

अब दोस्रो लेग बायर्नको मैदानमा आगामी मार्च ८ मा हुनेछ। दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ। पिएसजीलाई जितको आवश्यक छ।

SHARE: