सहिद स्मारक सि डिभिजना लिगमा झापा एफसीले सानदार जित निकालेको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमो भएको खेलमा झापाले समाज कल्याण केन्द्रलाई ४–२ले हराएको हो।
झापाको जितमा विशाल खवासले ह्याट्रिक गरे भने सन्तोष लावतीले एक गोल थपे । समाजका राकेश विश्वकर्मा र शरद राईले एक एक गोल गरे ।
दुइृ गोलले पछि परेको अवस्था उल्टाउँदै झापाले जित निकालेको हो। जितसँगै झापाले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ ।
१४ क्लबले प्रतिस्पर्धा गरिरहेका सी डिभिजन लिगबाट २ टिम बी डिभिजनमा बढुवा हुने छन् भने २ टिम रलिगेशनमा पर्ने छन्।