°
, June 1, 2023 in
0

कार्डिजसँग हार्‍यो बार्सिलोना

SHARE:

स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको कार्डिज सिटीसँग २–१ले पराजित भएको छ ।

कार्डिचलाई घरेलु मैदानमा जित दिलाउने क्रममा अल्भारो जिमिनेट र अल्भारो नेग्रेडोले गोल गरे भने पेड्रो अल्कालाले आत्मघाती गोल गरेका थिए । ८औं मिनेटमै कार्डिजले बार्सिलोनाविरुद्ध सुरुवाती अग्रता लियो । उसका जिमिनेजले गोल गरेका थिए।

पहिलो हाफ १–०मै सकियो । ५७औं मिनेटमा पेड्रो अल्कालाले आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरीमा आयो । ६३औं मिनेटमा नेग्रेडोले गोल गरेपछि कार्डिचले बार्सिलोनाविरुद्ध २–१को जित निकाल्यो ।

खेलमा बार्सिलोनाले कार्डिच माथि निरन्तर दबाब दिएको थियो । तर, गोल गर्न भने सकेन । बार्सिलोनलो ८३ प्रतिशत बल पोजेसन बनाउँदै कार्डिजको पोस्टमा २१ सट प्रहार गरेको थियो । जसमध्ये ८ सट फ्रेममा थियो । कार्डिचले भने ७ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो ।

यसैगरी अन्य खेलमा लेभान्ते विजयी भएको छ । उसले गेटाफेलाई ३–०ले हरायो । १२ खेलमा १८ अंक जोडेको कार्डिच पाचौं स्थानमा छ भने बार्सिलोना १४ अंकका साथ सातौं स्थानमा छ । ११ अंक जोडेको लेभान्ते १७औं र १३ अंक जोडेको गेटाफे १३औं स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *