ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रसेल भन्छन्– मलाई फेल्प्ससँग तुलना नगर्नुस्

Read Time:2 Minute

जापानको टोक्योमा जारी ओलम्पिकमा पौडीमा पाँच स्वर्ण जित्दै ओलम्पिककै स्टार खेलाडी बनेका अमेरिका पौडी खेलाडी केलेब ड्रसेलले आफूलाई माइकल फेल्प्स र मार्क स्पिट्ससँग तुलना गर्न आग्रह गरेका छन्। ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिटरमा स्वर्ण जित्दै टोकियो ओलम्पिकको यात्रा समाप्त गरेपछि ड्रसेल आफूलाई फेल्प्स र मार्कसँग तुलना नगर्न भनेका हुन्।

ड्रसेलले पौडीका दिग्गजहरूले बनाएको कीर्तिमानमा आफ्नो कुनै रुचि नभएको जनाएका छन् । ‘यो खेलमा मेरो सानो भूमिका हुनु नै मेरालागि विशेष हो,’ उनले भने, ‘तर म माइकल फेल्प्सबाट केही लिन चाहन्नँ, मार्क स्पिट्सबाट पनि म केही चाहन्नँ । मैले यहाँ जे गरें त्यसबाट खुसी छु ।’

५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान र अमेरिकी टिमलाई मिड्ले रिलेमा विश्व कीर्तिमान बनाउन मद्दत गरेपछि मात्र आफूले राहत अनुभव गरेको उनले बताए । शनिबार मात्र ड्रसेलले ४९.४५ सेकेन्डका साथ १ सय मिटर बटरफ्लाइमा विश्व कीर्तिमान बनाएका थिए ।

उनले आफूले सोचेभन्दा टोक्यो ओलम्पिक निकै कठिन पाएको बताए । ‘ओलम्पिक खेल फरक हो, अब म आफैंसँग झूट बोल्ने छैन । एक क्षणमा ममाथि निकै दबाब थियो किनभने कुनै खेलाडीको पूरा खेलजीवन २० वा ४० सेकेन्डका कारण समाप्त जस्तै हुन्छ, यो कस्तो पागलपन हो,’ ड्रसेलले प्रश्न गरे, ‘मैले खेल दौरान आफैंलाई यसबारे केही भनिनँ, तर पछाडि फर्केर हेर्दा यो डर लाग्दो नै छ ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिएसजीलाई हराउँदै लिलेले जित्यो फ्रेन्च सुपर कप उपाधि
Next post ए डिभजिन लिगका लागि सातदोबोटोले भित्र्यायो ४ नयाँ खेलाडी
Close