°
, June 1, 2023 in

ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकन टिम बन्यो क्यामरुन

SHARE:

कतार विश्वकपको समूह चरणको अन्तिम खेलमा ब्राजिल पराजित भएको छ। शुक्रबार राति भएको खेलमा ब्राजिल क्यामरुनसँग १-०ले पराजित भएको हो।

क्यामरुनको यो जित विश्वकपमा ब्राजिलविरुद्ध प्राप्त अफ्रिकन टिमको पहिलो जित हो। ब्राजिललाई हराउँदा पनि क्यामरुन नकआउटमा पुग्न असफल भयो। चार अंक जोडेको उ समूहमा तेस्रो भयो।

यता, क्यामरुनसँग पराजित भएपनि ब्राजिल समूह विजेता बन्यो । अब उसले अन्तिम १६मा समूह जीको उपविजेता दक्षिण कोरियासँग खेल्नेछ।

ब्राजिलविरुद्ध क्यामरुनलाई जित दिलाउन दास्रो हाफको इन्जुरी समयमा भिसेन्ट बुबाकाले गोल गरे। योसँगै ब्राजिलविरुद्ध विश्वकपमा गोल गर्ने तेस्रो अफ्रिकन खेलाडी बने। त्यसपछि गोल नहुँदा क्यामरुन विजयी भयो।

क्यानमरुन विरुद्धको खेल अघि नै नकाउट पुगेको ब्राजिलले लाइनअपमा ९ परिवर्तन गरेको थियो। खेलमा ब्राजिलले क्यामरुनमाथि निरन्तर दाबब बनाए पनि गोल गर्न सकेन। दबाब बनाए पनि ब्राजिल फिनिङमा चुक्याे।

ग्याब्रियल मार्टिनेलीका ४ उत्कृष्ट प्रहार क्यामरुनका किपरले बताएका थिए। ब्राजिलले २१ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो।

SHARE: