सर्बियासँग क्यामरुनको नाटीयक बराबरी

Read Time:1 Minute

विश्वकप अन्तर्गत सोमबारको पहिलो खेल नाटकीय रुपमा बरारबीमा सकिएको छ। अल जानोउव रंगशालमा भएको खेलमा क्यामरुनले २ गोलले पछि परेको अवस्थामा सर्बियासँग ३–३ गोलको बराबरी खेल्यो।

यो बराबरीसँगै समूह जीबाट दुवै टिमको नकआउट सम्भावना कायमै रहेको छ। नकआउट पुग्न अब दुवै टिमले अन्तिम खेलमा जित निकाल्नु पर्ने छ भने अन्य खेलको नतिजा पनि पर्खनुपर्ने छ। अन्तिम खेलमा सर्बियाले स्वीट्जरल्यान्ड र क्यामरुनले ब्राजिलसँग खेल्ने छ।

खेलमा क्यामरुनका चाल्र्स क्यास्टेलेटो, चुपो मोटिङ र भिन्सेन्ट एबोउबाकरले गोल गरेका थिए भने सर्बियाका स्ट्राहिन्ज पाव्लोभिच, सर्जे मिलान्कोभिच सेभिच र अलेजेन्डर मिट्रोभिचले गोल गरेका थिए।

खेलमा अग्रता क्यामरुनले लियो। २९औं मिनेटमा उसका क्यास्टेलेटोले गोल गरेका थिए । तर, इन्जुरी समयको २ गोल गर्दै सर्बियाले पहिलो हाफमा २–१को अग्रता बनायो। इन्जुरी समयको पहिलो मिनेटमा पाव्लोभिच र तेस्रो मिनेटमा सेभिचले गोल गरेका थिए।

५३औं मिनेटमा मिट्रोभिचले गोल गरेपछि खेलमा सर्बियाले ३–१को अग्रता लियो । तर, ३ मिनेटमा २ गोल फर्काउँदै क्यामरुनले खेललाई बराबरीमा ल्यायो। उसका एबोउबाकरले ६३ र चुपो मोटिङले ६६औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नुहँदा खेल बराबरीमा सकियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
83 %
Previous post पोर्चुगल भर्सेस उरुग्वे अर्थात् रोनाल्डो भर्सेस सुआरेज
Next post यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको लागतार चौथो जित, प्रदेश १ को विशाल हार
Close