क्रिकेटराष्ट्रिय क्रिकेटसमाचार

६-७ क्रिकेटरलाई भारत प्रशिक्षणमा पठाइने क्यानकाे तयारी, ए टिम पनि बनाउने

नेपाल क्रिकेट संघ क्यानले ए टिम बनाउने भएको छ। आगामी प्रतियोगिताका लागि तयारी गर्नका लागि क्यानले ए टिम बनाउन लागेको हो।

ए टिममा राष्ट्रिय टिमको प्रशिक्षणमा र अन्य केही सर्ट लिस्ट खेलाडीलाई राखेर ए टिम बनाउने तयारी क्यानको छ।

एसिया कप र टी–२० क्वालिफर्यसका लागि क्यानले पहिलो श्रेणीका खेलाडीलाई भारत प्रशिक्षणमा पठाउने तयारी गरिरहे छ। यस्तै, क्यनले कम्तिमा पनि ३० देखि ३५ खेलाडीको समूह तयार पारी मुख्य टिम र ए टिम बनाउने छ।

क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकका अनुसारले केही खेलाडीलाई भारत पठाउने तयारी भएको बताउँदै जतिसक्दो चाँडो ए टिम बनाउने बताए। उनले एसिया कप र टि–२० विश्वकप क्वालिफायर्सलाई ध्यानमा राखेर ६–७ जना खेलाडी भारत पठाउने क्यानको तयारी रहेको बताए।

आगामी योजनाहरुलाई समेत टेवा पुग्ने गरी प्रशिक्षक मोन्टी देशाइ र टिम व्यवस्थापकको सल्लाह अनुसार खेलाडी छनोट गरिने उनले क्यानले जनाएको छ।