नेपाली क्रिकेट टिमको प्रशिक्षक बन्न ६० जनाले दिए आवेदन

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो ।

त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाएका छन् । क्यानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै ६० जनाको आवेदन प्राप्त भएको जनाएको छ । साथै आवेदकमध्येबाट सर्टलिस्ट छनोट गरेर छिटै अन्तर्वार्ता लिने पनि क्यानले जनाएको छ ।

‘राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६० जनाको आवेदन प्राप्त भएको छ । क्यानले गठन गरेको छनोट समितिले केही दिनभित्रै सर्टलिस्टेड आवेदकहरूको अन्तर्वार्ता लिनेछ,’ क्यानले विज्ञप्तीमा जनाएको छ ।

गत पुस नेपालको प्रशिक्षक नियुक्त भएका वाटमोरले आफ्नो समय बाँकी छँदै पारिवारिक कारण भन्दै क्यानसमक्ष राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन बनेको थियो ।