क्यानको चुनावी साधारणसभा साउनभित्रमा हुने, विधान संशोधन गर्न चैतमा भर्चुअल साधारणसभा

Read Time:2 Minute

नेपाल क्रिकेट संघ क्यानले चुनावी साधारण सभा आगामी वर्ष साउन मसान्तसम्ममा गर्ने भएको छ । सुर्खेतमा दुई दिनसम्म चलेको क्यानको वार्षिक साधारण सभाले २०८० साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न गर्ने निर्यण गरेको हो ।

यसअघि गत माघ पोखरामा भएको क्यानको बोर्ड बैठकले २०८० जेठ समान्तभित्र विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो । तर, सुर्खेतमा भएको विशेष साधारणसभाले क्यानको विधान संशोधन गर्नुपर्ने भएको भन्दै चुनावी साधारणसभा साउनमा गर्ने निर्णय गरेको हो।

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद नियमावली, २०७९ बमोजिमका साथै आईसीसीसँग समन्वय गरी नेपाल क्रिकेट संघको विधान संशोधन गर्न अति आवश्यक देखिएकाले २०८० साल साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ,’ साधारणसभापछि जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै गण्डकी प्रदेशका थप दुई जिल्ला बाग्लुङ र पर्वतलाई मान्यता प्रदान गर्ने नेपाल क्रिकेट संघको पोखरा बैठकको निर्णयलाई साधारण सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

यस्तै विधान संशोधनका लागि पदमबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरिएको पनि क्यानले जनाएको छ । विधान संशोधनका लागि २०७९ चैत मसान्तभित्र भर्चुअल साधारणसभा हुने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ओलम्पिक छनोटका लागि महिला फुटबल टिमको प्रारम्भिक घोषणा
Next post बुढासुब्बा गोल्डकपको पहिलो खेलमै हार्‍यो पुलिस क्लब
Close