रोनाल्डोले पाउलान् युनाइटेडमा ७ नम्बरको जर्सी ?

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका छन्। सन् २००३ देखि २००९सम्म ६ सिजन युनाइटेडमै बितउँदा रोनाल्डोले आफूलाई युनाइटेडको ‘लिजेन्ड’का रुपमा स्थापित गरेका थिए।

रोनाल्डोले युनाइटेड फर्किने पक्का भएपनि औपचारिक घोषणा भने भएको छ । उसले रोनाल्डोसँग २ वर्षको सम्झौतान गर्ने बताइएको छ। सम्भवतः रोनाल्डो स्थानान्तरणको औचारिक शुक्रबार हुने बताइएकोछ।

तिनै लिजेन्ड रोनल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन् । तर, उनले युनाइटेडमा आइकोनिक ७ नम्बरको जर्सी पाउँछन् पाउँदैनन् भन्ने चर्चा सर्वत्र छ।

युनाइटेडमै छँदै रोनाल्डोले ७ नम्बरको जर्सी लगाएका थिए । त्यसपछि उनी रियल मड्रिडमा पनि अधिकांश सयम ७ नम्बरकै जर्सीमा देखिए, र थुप्रै सफलता हासिल गरे । युभेन्टर र पोर्चुगिज राष्ट्रिय टिममा पनि उनले ७ नम्बरकै जर्सी लगाउँछन्।

सन् २०१०पछि रोनाल्डोले ७ नम्बरको मात्र जर्सी लगाएका छन्। त्यसैले ‘सिआर ७’ ब्रान्ड नै बनेको छ। तर, १२ वर्षपछि युनाइटेड फर्किए पनि रोनाल्डोले ७ नम्बरकै जर्सी पाउने टुंगो छैन ।

अहिले युनाइटेडमा ७ नम्बरको जर्सी ‘प्याक’ छ। यो जर्सी उरुग्वेका स्ट्राइकर एडिन्सन कभानीले लगाइरहेका छन्। त्यसैले काभानी युनाइटेडमा रहँदै रोनाल्डोले ७ नम्बरको जर्सी पाउने छैनन् । रोनाल्डो र ७ नम्बरको जर्सी ब्रान्ड बनिसेकाले अरु नम्बरको जर्सीमा उनी देखिँन चाहँदैनन्।

अहिले पनि ब्यापक स्ट्राइकरका रुपमा रहेका काभानी युनायटेडमा रोनाल्डोको आगमनसँगै उनले खेल्न पाउने सम्भावना कमै छ। त्यसलै पनि युनाइटेडले उनलाई बेच्न या लोनमा पठाउन सक्छ।

३६ वर्षीय रोनाल्डोले युनाइटेड र रियलमा लगएको ९ नम्बरको जर्सी पनि युनाइटेडमा रिजर्भ नै छ। युनाइटेडमा ९ नम्बरको जर्सी एन्थोनी मार्सियलले लगाउँछन्। कतिपयले रोनाल्डोले ७ नम्बरको जर्सी नपाए २८ नम्बरको जर्सी लगाउन सक्ने आँकनल गरेका छन्।

युनाइटेड आएको पहिलो सिजन उनले २८ नम्बरकै जर्सी लगाएका थिए। तर, २८ नम्बरको जर्सी पनि रिजर्भनै छ। त्यो नम्बरको जर्सी युवा खेलाडी फाकुन्डो पालेस्ट्रीले लगाउँछन्।

त्यसैले युनाइटेडमा रोनाल्डोले ७ नम्बरको जर्सी नपाए उनले १२, १५, २४, ३०, ३१, ३३ र ३५ मध्ये एउटा नम्बरको जर्सी लगाउनु पर्ने हुन्छ।