कारबाओ कपको उपाधिका लागि युनाइटेड र न्युकासल भिड्ने

Read Time:1 Minute

कारबाओ कप फुटबल प्रतियोगिताको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेड भिड्ने भएका छन्। सेमिफाइनलको दोस्रो लेगमा नटिङहम फरेस्टलाई २–०ले हराउँदै युनाइटेडले न्युकासलसँगको भेट पक्का गरेको हो ।

यी दुई बीचको उपाधि भीडन्त २६ फेब्रुअरीमा बेम्बली स्टेडियममा हुनेछ।

युनइटेडले समग्रमा नटिङहममाथि ५–०को जित निकाल्यो । पहिलो लेग उसले ३–०ले जितेको थियो । न्युकासलले भने समग्रमा साउथ ह्याम्पटनमाथि ३–१को जित निकाल्यो।

खेलमा युनाइटेठका एन्थोनी मार्सियल र फ्रेडले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७३ औं मिनेटमा मार्सियलको गोलमा युनाइटेडले अग्रता लियो। ७६औं मिनेटमा फ्रेडले गोल गरेपछि युनाइटेड २–०को जित निकाल्यो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राफिन्हा र लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित
Next post जापानका काजुयोसी मिउरा ५५ वर्षमा व्यवसायिक फुटबल खेल्दै, ६० वर्षसम्म खेल्ने लक्ष्य
Close