°
, June 1, 2023 in
0

रियलको लज्जास्पद हार

SHARE:

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा रियल भ्यालेसिन्यासँग ४–१को फराकिलो अन्तरले पराजित भयो ।

३ पेनाल्टी र एक आत्मघाती गोल गरेपछि रियल सुरुवातमै अग्रता लिएर पनि भ्यालेन्सियासँग पराजित भयो । भ्यालेन्सियाको जितमा कार्लोस सोलरले ह्याट्रिक गरे भने राफेल भरानेले आत्मघाती गोल गरे । रियलका करिम बेन्जिमाले गोल गरेका थिए ।

२३औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ३०औं मिनेटमा सोलारले पेनाल्टीमा गोल गर्न सकेनन्, त्यसपछि भने तीन पेनाल्टीमा सहजै गोल गरे । ३५औं मिनेटमा प्राप्त पेनाल्टीमा सोलारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४३औं मिनेटमा भरानेल आफ्नै पोस्टमा गोल गरेपछि भ्यालेसिन्याले पहिलो हाफमा २–१को अग्रता लियो ।

त्यसपछि ५४औं र ६३औं मिनेछमा लगातार पेनाल्टीमा सोलारले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई रियलविरुद्ध ४–१को सानदार जित दिलाए ।

जितसँगै भ्यालेन्सिया ८ खेलमा ११ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ । रियल ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा छ ।

यसैगरी ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले ग्रानडालाई २–०ले हरायो भने लेभान्ते र अलाभेसले १–१ गोलको बराबरी खेले । यस्तै, भिल्लारियलले गेटाफेलाई ३–१ले हराउँदा रियल भालाडोलिडले एथ्लेटिको विल्बाओलाई २–१ले हरायो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *