आइसिसी टि–२० वरियतामा नेपालको छलाङ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टि–२० वरियतामा टेस्ट मान्यताप्राप्त राष्ट्रलाई पछि पार्दैै नेपालले छलाङ मारेको छ । आइसिसीले निकालेको नयाँ वरियतामा नेपाल ३ स्थानमाथि उलँक्दै ११औं स्थानमा आइपुगेको छ ।

यसक्रममा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बाबे र आयरल्यान्डलाई समेत पछि पा¥यो । २१२ रेटिङका साथ नेपाल ११औं स्थानमा उक्लिएको हो । १९२ रेटिङका साथ जिम्बाबे १३औं र १८२ रेटिङका साथ आयरल्यान्ड १५ औं स्थानमा छ ।

टि–२० वरियतामा पाकिस्तान २८६ रेटिङका साथ शीर्ष स्थानमा छ । यस्तै, २६२ रेटिङका साथ दक्षिण अफ्रिका दोस्रो, २६३ रेटिङका साथ इंग्ल्यान्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् भने २६० रेटिङका साथ भारत पाचौं स्थानमा छ ।

यसैगरी न्यूजिल्यान्ड छैठौं, अफगानिस्तान सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र बंगलादेश १०औं स्थानमा छ । यस्तै एकदिवसीय मान्यता प्राप्त राष्ट्रहरु स्कटल्यान्ड, नेदरल्यान्ड्स, युएई पनि नेपालभन्दा पछि छन् ।