राजस्थानमाथि मुम्बईको सहज जित

इन्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इन्डियन्सले सहज जित निकालेको छ । बिहीबार साँझ दिल्लीमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्समाथि ७ विकेटको सहज जित निकलोको हो ।

यो जिसँगै मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। ६ खेलमा मुम्बईले ३ जित निकालेको छ। राजस्थान भने ४ अंकसहित सातौं स्थानमा छ।

पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १७२ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर क्वेन्टन डि ककले सर्वाधिक ७० बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कुर्नाल पाण्ड्याले २६ बलमा समान २ छक्का र चौका प्रहार गर्दै ३९ रन बनाए भने सूर्यकुमार यादव र केइरन पोलार्डले समान १६ रन बनाए । राजस्थानका क्रिस मोरिसले २ विकेट तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रन बनाए ।

यस्तै जोस बट्लरले ४१ रन जोड्दा शिबम डुबेले ३५ रन बनाए भने याशभी जैशवालले ३२ रन जोडे । मुम्बईका लागि राहुल चाहरले २ तथा ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १–१ विकेट लिए ।