चामिन्दा भार श्रीलंकन टिमको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंकाका लिजेन्ट बलर भासलाई श्रीलंकन क्रिकेट बोर्डले डेविड सकरको स्थानमा बलिङ प्रशिक्षकमा नियुक्त गरेको हो।
सकरले बिहीबार मात्रै पदबाट राजिनामा दिएका थिए । भासले वेस्टइनिडजविरुद्धको सिरिजबाट आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।
भास सन् २०१३, २०१५ र २०१७ मा पनि श्रीलंकन टिमको बलिङ प्रशिक्षक बनिसकेका छन्। अहिले उनी श्रीलंकाको हाई पर्फमेन्स सेन्टरको बलिङ प्रशिक्षक थिए।
श्रीलंकको एकदिवसीय टिमको कप्तानसमेत रहेका भासले १११ टेस्ट म्याचमा ३५५ विकेट लिएका छन् । उनले ३२२ एकदिवसीय खेल खेल्दै ४०० विकेट लिएका छन्। उनले २००९मा खेलाडी जीवनबाट सन्न्यास लिएका थिए।
वेस्टइन्डिज भ्रमणमा श्रश्रकाले तीन टी–२० र तीन एकदिवसीय तथा दुई टेस्टको सिरिज खेल्ने छ । सबै खेल एन्टिगुवामा बन्द रंगशालामा हुनेछ।