इटालियन क्लब एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ।
गएराति भएको खेलमा इंग्लिस क्लब टोटनहमलाई गोलरहित बराबरीमा राक्दै समग्रमा १–० को जितसहित एसी मिलान ११ वर्षपछि क्वार्टरफाइनलमा पुगेको छ। उ अन्तिम पटक सन् २०११–१२मा क्वाटरफाइनलमा पुगेको थियो।
एसी मिलानले पहिलो लेगमा टोटेनहममाथि १–० को जित निकालेको थियो।
टोटेनहम हटस्पर स्टेडियममा गए राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो।