अघिल्लो साता नै प्रिमियर लिग उपाधि जितिसकेको लिभरपुलमाथि डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले सानदार जित हात पारेको छ । बिहीबार राति घरेलु मैदान एत्तिहाद मैदानमा भएको खेलमा सिटीले लिभरपुललाई ४–०ले हारायो ।
अघिल्लो खेलमा सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलले सात खेल बाँकी छँदै ३० वर्षपछि प्रिमियर लिग उपाधि जितेको थियो । च्याम्पियन लिभरपुललाई सिटीले खेलअघि एतिहाद स्टेडियममा गार्ड अफ अनरको सम्मान दिएको थियो ।
च्याम्पियन लिभरपुलमा दबदबा कायम राख्दै सिटीलाई जित दिलाउने क्रममा डेभिन डे ब्रुयन, रहिम स्टर्लिङ र फिल फोडेनले समान १ गोल गर्दा एक गोल उपहार स्वरुप पायो । सिटीका लागि पहिलो हामा रहिम स्टर्लिङ केभिन डे ब्रुयन र फिल फोडेनले गोल गरे । दोस्रो हाफमा लिभरपुलले एक आत्मघाती गोल उपहार दियो ।

खेलको २५औं मिनेटमा डे ब्रुएनाले पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको दश मिनेटपछि स्टर्लिङले पूर्व क्लबविरुद्ध गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिममा फोडेनले गोल गरे । दोस्रो हाफमा लिभरपुलका एलेक्स ओलेड च्याम्बरलिनले आत्मघाती गोल उपहार दिए
हारपछि पनि ३२ खेलबाट लिभरपुलको ८६ अंक छ भने सिटीको ६६ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टसिटी ५५ अंकका साथ तेस्रो र चेल्सी ५४ अंकका साथ चौथो स्थानमा छन् ।