च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, पिएसजी र लेइपजिग तथा लिभरपुल र एट्लेटिको भिड्ने

च्याम्पियन्स लिग समूह चरणको तेस्रो राण्डका खेल आजबाट सुरु हुँदै छ। आज समूह ए, बी, सी र डीका ८ खेल हुँदैछन्।

ती ६ मध्ये २ खेल राति १०ः३०मा सुरु हुनेछ भने ४ खेल राति १२ः४५ मा सुरु हुनेछ। १०ः३०मा हुने खेलमा टर्किस क्लब बेसिकटासले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग र बेल्जियन क्लब क्लब ब्रुगले इंग्लिस क्लब म्यान्चेस्टर सिटीको सामाना गर्नेछ।

यस्तै, राति १२ः४५मा हुने खेलमा फ्रेन्च क्लब पिएसजीले घरेलु मैदानमा आरबी लेइपजिगको सामाना गर्नेछ भने इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग उसकै मैदानमा खेल्ने छ।

यसैगरी स्पेनिस जाइन्ट रियल मड्रिडले युक्रेनको क्लब सख्तर डोनेस्कको सामान गर्नेछ। खेल किभमा हुने छ। खेल हुँदा किभमा माइन २ देखि ३ डिग्री चिसो हुने बताइएको छ। यस्तै इटालियन क्लब इन्टर मिलानले घरेलु मैदानमा माल्दोभाको क्लब सेरिफको सामाना गर्ने छ।

राति १२ः४५ मै जर्मन क्लब बोरुसिया डर्टमन्डले डच क्लब आयाक्ससँग उसकै मैदानमा खेल्ने छ भने इटालियन क्लब एसी मिलानले पोर्चुगिज क्लब एफसी पोर्टोको भ्रमण गर्नेछ।