बेन्फिकासँग रोकियो बार्सिलोना, युभेन्ट्सविरुद्ध चेल्सीको सानदार जित

स्पेनिस जायन्ट बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा बार्सिलाना घरेलु मैदानमै बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा पकड बनाए पनि बार्सिलोना गोल गर्न सकेन् । ६६ प्रतिशत बल पोजेन बनाएको बार्सिलोनाले १४ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो। यता, बेन्फिकाले ७ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

यसैगरी, मंगलबार नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब युभेन्ट्समाथि ४–०को सानदार जित निकाल्यो। चेल्सीको जितमा ट्रोवह चालोबह, रेइस जेम्स, टिमो वेर्नर र कालुम हड्सन ओडइले गोल गरेका थिए।

घरेलु मैदानमा २५औं मिनेटमा चालोवहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकिएको खेलमा ५५औं मिनेटमा जेम्स र ५८ औं मिनेटमा ओडोइले गोल गरेपछि चेल्सीले ३–०को अग्रता लियो । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा टिमो वेर्नर गोल गरेपछि चेल्सी ४–०ले विजयी भयो ।

समूह इमा रहेको बार्सिलोना बराबरीसँग ७ अंक जोड्दै दोस्रो स्थानमा छ। यता, समूह एचको खेलमा बराबरी खेलेका चेल्सी र युभेन्टस दुवै नकआउट चरण पुगेका छन्। दुुवैले ५ खेलमा समान १२ अंक जोडेका छन् ।