जनवरी ट्रान्सफर विन्डोमा ठूलो रकम खर्चिएको चेल्सीले ६ खेल पछि पहिलो जित निकालेको छ। सबैप्रतियोगितामा गरी ६ खेलपछि पहिलो जित आत्मसात गर्नेक्रममा चेल्सीले प्रियिमर लिगमा लिड्स युनाइटेडमाथि १–०ले हरायो।
सन् २०२३को यो चेल्सीको केवल दोस्रो जित हो । यसअघि उसले जनवरी १५ मा क्रिस्टल प्यालेसलाई १–०ले हराएको थियो।
चेल्सीको जितमा वेस्ले फोफानाले निर्णायक गोल गरे। उनले दोस्रो हाफको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै चेल्सी २५ खेलबाट ३४ अंकसहित तालिकाको १०औँ स्थानमा उक्लिएको छ। लिड्स समान खेलबाट २२ अंक जोडेर १७ औँ स्थानमा छ।