प्रिमियर लिगमा चेल्सीका सानदार सुरुआत

लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलई ३–०ले हराउँदै लिगमा सानदार सुरुआत गरेको हो।

घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन मार्कस अलोन्सो, क्रिस्टियन पुलुसिच र ट्रेवोह चालोवाहले गोल गरे । उसल पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

खेलको २७ औं मिनेटमा अलोन्सोले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि ४०औं मिनेटमा पुलुसिचले गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–०को अग्रता लियो। ट्रेलोवाहले गोल गरेपछि चेल्सीले क्रिस्टल प्यालेसमाथि ३–०को जित निकाल्यो।

खेलमा चेल्सीले ६३ प्रतिशत बल पोजेसन बनाउँदै क्रिस्टल प्यालेसको पोस्टमा १३ सट प्रहार गरेको थियो, जसमध्ये ६ सट फ्रेममा थियो । यता, क्रिस्टल प्यालेसले ४ सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो।

यस्तै, अर्को खेलमा ब्राइटनले बर्नलीलाई २–१ले हरायो। ब्राइटनका लागि नेअल मुआपे र एलेक्सिस म्याक एलिस्टरले गोल गरेका थिए भने बर्नलीका जेम्स ट्राकोवास्कीले गोल गरे।