इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले बुधबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेल जित हात पारेका छन् । चेल्सीले माल्मोमाथि ४–०को जित निकाल्दा युभेन्टसले जेनिथ सेन्ट पिटर्सवर्ग १–०को जित निकाल्यो।
माल्मोविरुद्धको जित चेल्सीका लागि भने महँगो सावित भएको छ। पहिलो हाफमै उसले आफ्ना दुई स्ट्राइकरलाई गुमायो । उसका रोमेलु लुकाकु र टिमो वेर्नर घाइते हुँदै पहिलो हाफमै मैदान छाड्न बाध्य भए । चेल्सीको जितमा जर्गिन्होले दुई तथा आन्द्रेस क्रिस्टेनसन र काइ हाभहर्टजले एक गोल गरे।
क्रिस्टिन्सनले नवौं मिनेटमै थिएगो सिल्भाको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि २१औं जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ४८औं मिनेटमा हाभर्टजले गोल र र ५७औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले ४–०ले विजयी भयो।
इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा लागतार तेस्रो जित निकालेको छ। जेनिथ सेन्ट पिटर्सवर्गविरुद्ध युभेन्ट्सलाई जित दिलाउन डुभान लुकुसेस्कीले निर्णायक गोल गरे । कुलुसेस्कीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए।
लगातार तीन खेल जितेको युभेन्टस ९ अंक जोडेर समूह एचको शीर्ष स्थानमा छ भने ६ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । जेनिथ सेन्ट पिटर्सवर्ग ३ अंकसहित तेस्रो स्थानमा रहँदा माल्मो अंकबिहीन छ।