इंग्लिस प्रिमियर लिग : चेल्सी र टोटनह्यामको विजयी सुरुवात

आजबाट सुरु भएको इंग्लिस प्रिमियर लिग (इपीएल)मा चेल्सी र टोटनह्यामले विजयी सुरुवात गरेका छन् ।
शनिबार राति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई पराजित ग¥यो भने टोटनह्याम हर्सपरले न्युकासल युनाइडेटलाई पराजित गर्‍यो ।

हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले हडर्सफिल्डलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै लिगमा विजयी सुरुवात गर्‍यो । चेल्सीका मिडफिल्डर एन’गोलो कोन्टेले विलियमको पासमा ३४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

इटालियन क्बल नेपोलीबाट यसैसिजन चेल्सीमा आएका जर्गिन्होले ४५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–०को अग्रता दिलाए । त्यस्तै खेलको ८०औं मिनेटमा पेड्रो रोड्रिगेजले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

त्यसैगरी आजै भएको अर्को खेलमा टोटनह्यामले न्युकासल युनाइडेटलाई २–१ पराजित गर्‍यो । न्यूकासलको घरेलु मैदानमा भएको खेलमा डिफेन्डर जन भेर्टाेनघनले टोटनह्यामलाई अग्रता दिलाए । खेलको ८औं मिनेटमा डाभिन्सन सान्चेजले प्रहार गरेको कर्नरमा गोल गर्दै भेर्टाेनघनले टोटनह्यामलाई सुरुवाती अग्रता दिलाए ।

न्युकासलका जोसेलुले ११औं मिनेटमा गोल गर्र्दै खेललाई बराबरीमा ल्याए । खेलको १८ औं मिनेटमा डेले अलीले गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन, खेल टोटनह्यामले २–१को जित हात पार्दै लिगमा विजयी सुरुवात गर्‍यो ।

त्यसैगरी आजै भएको खेलमा बोर्नमाउथ, वाटफोर्ड, क्रिस्टल प्यालेस पनि आ–आफ्नो खेलमा विजयी भए भने एभर्टन र उल्भ्सले बराबरी खेले । बोर्नमाउथले कार्डिफ सिटीलाई, वाटफोर्डले ब्रिङटनलाई र क्रिस्टल प्यालेसले फुलह्यामलाई समान २–० ले पारजित गरे ।

यस्तै एभर्टन र उल्भ्सबीच भएको खेल २–२ को बराबरीमा टुंगियो । एभर्टनका लागि रिचर्लिसनले खलेको १७ औं र ६७ औं मिनेटमा गोल गरे भने यसैसिजन प्रिमियर लिगमा बढुवा भएको उल्भ्सका लागि रुभेन नेभेसले ४४औं र राउन जिमिनेजले ८०आौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।