°
, June 4, 2023 in

लिलेमाथि चेल्सीको जित

SHARE:

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सी विजयी भएको छ। बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–० ले हराएको हो।

स्टाम फोर्ड ब्रिजमा मंगलबार राति सम्पन्न खेलमा चेल्सीका लागि काई हाभर्टज र क्रिस्टियन पुलिसिसले गोल गरे। खेलको आठौं मिनेटमा काई हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो। उनले हाकिम जियाचको कर्नरमा हेडमार्फत गोल गरेका थिए।

खेलको ६३औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले एंगोलो कान्टेको पासमा गोल गरेका थिए।

यो जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। लिललाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ। दोस्रो लेगको खेल लिलको मैदानमा १७ मार्चमा हुनेछ।

SHARE: