°
, June 2, 2023 in
0

चेल्सीले टोटनह्यामलाई हरायो

SHARE:

इंग्लिस प्रियिमर लिग फुटबलमा चेल्सी विजयी भएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले टोटह्याममाथि उसकै मैदानमा १–०को जित निकालेको हो ।

चेल्सीलाई जित दिलाउने क्रममा जोर्गिन्होले निर्णायक गोल गरे । उनले २३औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । टोटनह्याम इरिक डाएरले टिमो वार्नरलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जोर्गिन्होले गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा चेल्सी विजयी भयो ।

चेल्सीले खेलमा ५८ प्रतिशत बल पोजेसन बनाउँदै टोटनह्यामको पोस्टमा १८ सट प्रहार गरेको थियो, त्यसमाध्ये २ सट फ्रेममा थियो। यता, टोटनह्यामले ७ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।

थोमस टचेल मुख्य प्रशिक्षकमा नियुाक्त भएपछि चेल्सीले यो लगातार दोस्रो जित निकालेको हो। टचेल आएपछि पहिलो खेलमा चेल्सीले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा बर्नलीलाई २–० हराएको थियो ।

यो जितसँगै चेल्सी लिगको छैटौं स्थानमा उक्लिएको छ। उसले २२ खेलमा ३६ अंक बनाएको छ। टोटेनहम भने २१ खेलबाट ३३ अंकका साथ आठौं स्थानमा छ। २१ खेलबाट ४७ अंक जोडेको म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा छ भने २२ खेलमा ४४ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो, समान खेलबाट ४२ र ४० अंक जोडेको लेस्टर सिटी र लिभरपुल क्रमश तेस्रो र चौथो स्थानमा छन्।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *