°
, June 1, 2023 in
0

चेल्सीले भित्र्यायो युवा डिफेन्डर

SHARE:

इंग्लिस क्लब चेल्सीले फ्रेन्च युवा डिफेन्डर मालङ सारलाई अबुन्धन गरेको छ । चेल्सीले सारलाई लिग वान क्लब निसबाट बिहीबार अनुबन्धन गरेको हो ।

लण्डन क्लब चेल्सीले २१ वर्षीय फ्रेन्च डिफेन्डर सारसँग ५ वर्षको सम्झौता गरेको छ । सिजनको अन्तयसँगै निस छाडेका सारलाई चेल्सीले फ्रि टान्सफरमा अनुबन्धन गरेको हो । चेल्सीले आधिकारिक वेवसाइमार्फत सारको अनुबन्धनलाई पुष्टी गरेको छ ।

चेल्सीले एकै दिन दुई डिफेन्डर भित्र्याएको छ । बिहीबार नै चेल्सीले ५० मिलियन युरोमा लेस्टर सिटीका बेन चिलविललाई अबुन्धन गरेको छ । अघिल्लो सिजन डिफेन्स कमजोर बनेपछि चेल्सीले दुई डिफेन्डर अनुबन्धन गरेको हो । यस्तै, चेल्सी ब्राजिलका भेट्रान डिफेन्डर थिएगो सिल्भालाई पनि फ्रि ट्रान्सफरमा ल्याउन लागेको छ ।

सार निसकै एकेडेमीका उत्पादन हुन् । उनले सन् २०१६मा निसको सिनियर टिममा डेब्यू गरेका थिए । युवा डिफेन्डर सारले सिनका लागि ११९ खेल खेल्दै ३ गोल गरेका छन् ।

अघिल्ला दुई सिजन ट्रान्सफमा प्रतिबन्ध खेपेको चेल्सीले यो सिजन जर्मन क्लब आरबी लेपजिगका टिमो वार्नर र डच क्लबबाट हाकिम जियाचलाई अबुन्धन गरेको छ । यस्तै चेल्सीले बायर लेभरकुसनका युवा विंगर काइ हाभेट्जलाई पनि अनुबन्धनको तयारी गरेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *