प्रिमियर लिगको अन्तिम चरणको खेलसँगै प्रिमियर लिगबाट च्याम्पिन्स लिगमा छनोट हुने टिमको टुंगोल लागेको छ। प्रियिमर लिगबाट च्याम्पियन्स लिगमा छनोट हुने अन्तिम दुई टिम लिभपुर र चेल्सी रहे । म्यान्चेस्टस सिटी र म्यान्चेस्टर युनाइटेड यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए ।
अन्तिम खेलमा क्रिस्टल प्यालेसलाई २–०ले हराउँदै ६९अंकका साथ तेस्रो हुँदै लिभरपुलले लिग सकायो । यता पराजयका बाबजुद पनि चेल्सी लिगको चौथो स्थानमा रह्यो । अर्को खेलमा लेस्टर सिटी पराजित भएपछि त्यसको फाइदा चेल्सीलाई भयो । दुवैको समान अंक भएपनि गोलअन्तमा माथि रहँदै चेल्सी च्याम्पियन्स लिगका लागि छानिए यो ।
क्रिस्टल प्यालेसविरुद्ध लिभरपुललाई जित दिलाउन दुवै गोल साडियो मानेले गरे । उनले ३६ औं मिनेटमा रोबर्टो फिर्मिन्होको पासमा गोल गर्दै लिभपुललाई सुरुआती अग्रता दिलाए । यस्तै ७४औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै मानेले लिभरपुललाई २–०को अग्रता दिलाए।
यसैगरी लन्डन क्लब चेल्सी एस्टन भिल्लासँग २–१ले पराजित भयो । भिल्लाको मैदानमा भएको खेलमा उसलाई जित दिलाउन ब्रेट्रान्ड ट्राउरे र अनवर इल गाजीले गोल गरे भने चेल्सीका बेन चिलवेलले गोल गरे।

ट्राउरेले ४३औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुआती अग्रता दिलाए । ५२औं मिनेटमा गाजीले पेनाल्टीमा गोल गर्दै भिल्लालाई अग्रता दोब्बर बनाए। जर्गिन्होले ट्राउरेलाई डिबक्समा लडाएपछि भिल्लाले पेनाल्टी पाएको थियो ।
७०औं चिलवेलले क्रिस्टियन पुलुसिचको पासमा गोल गर्दै अग्रता घटाउने प्रयास गरे । त्यसपछि गोल नहुँदा चेल्सी पराजित भयो। चेल्सीले खेल १० खेलाडीमा रहेर अन्त्य गरेको थियो । उसका कप्तान सेसार एलप्लिजिक्वेटा ८९ औं मिनेटमा सिधै रातोकार्ड पाउँदै मैदान छाड्न बाध्य रहे।
तर, चेल्सीलाई यो हार त्यति महँगो भने भएन। टोटनह्यामसँग लेस्टर सिटी पराजित भएपछि उ चौथो हुँदै च्याम्पियनस लिगमा छानियो ।